जिवनको बिशेष जन्मदिन - बर्ष २०७७


जिवनको बिशेष जन्मदिन -  बर्ष २०७७

हामी जन्मने दिन लाई जन्मदिन भनिन्छ - सामान्यतय । प्रत्येक जन्मदिन , आयु कम हुदैजाने दिन पनि हो - उमेर बढ्दै जाने आधारमा । यसलाई कसैले मनाउछ कसैले मनाउदैन तर आजकाल फेसबुक ले चाहिँ मजाले मनाइदिन्छ । मेरो पनि फेसबुक कै उपज हो - बिगत केहि बर्ष बाट । तर यो बर्ष मेरो जन्मदिन ( मङ्सिर १५ ) एकदम बिशेष रहयो ।

जन्मदिन मनाएको - पहिलो पटक

डेढ दशक अगाडिको कुरा हो , म खासमा जन्मदिन केक नै काटेर मनाएको थिएन त्यो समय १४ मङ्सिरको राती १२ बजे सुतिरहेको मलाई उठाएर , सर्प्राइज तरिका केक काटेर मनाइदिएको थियो - नानुले । त्यसपछि प्रत्येक बर्ष विभिन्न तरिकाबाट १५ मङ्सिर मेरो लागि स्पेसल बन्दै गयो । पछि फेसबुक चलेपछि , मनाएपनी नमनाएपनी शुभकामना प्राप्त हुन थाल्यो अनि १५ मङ्सिर को दिन सामाजिक सन्जाल प्रितममय बन्दैगयो

यसपटक को १५ मङ्सिर

मलाई खासै उत्साह उमंग नै थिएन - जन्मदिन मनाउने त्यै भएर नै जानीजानी १४ गते सिन्धुपाल्चोक टुङाथली शुटिङ गएको थिए । बसको यात्रामा गाउँ पुगिएको हामी त्यहा सेतिदेबी थानमा राती जात्रा लाग्दोरहेछ । जात्राको शुटिङ गर्यौ - ११ बजे सुत्यौ । बिहान मन्दिरमा बजेको मीठो बाजाको धुनले मलाई बिहानै ४ बजे निन्द्राबाट उठाइदियो । ओछ्यान बाट सुनिरहे अनि मन थाम्न सकिन - मन्दिरमा गए । वहाहरु रमाए , मन मनै खुसीमा रमे - जन्मदिनु हुने पुज्यनिय बाबाआमा लाई सम्झिए । केहि समयपछि उज्यालो भयो । क्यामरा पुजा गरेम काम थालनी गर्नुभन्दा अगाडि । सो क्रममा आइतरामले सबैलाई जानकारी गराइदियो कि - आज डाइरेक्टर साब को जन्मदिन हो अनि शुभकामना को बर्षा भयो । म काममा जादा , फेसबुक चलाउदिन त्यसमा यसपटक त चल्दैन्थ्यो - त्यो ठाउँमा । आनन्द हुन्छ होला भन्ने ठानेको थिए तर फोन मा जन्मदिनको शुभकामना दिनुहुनेहरु को लर्को नै लाग्यो ।

आस्चर्यमा परेको पल

मेरो जन्मदिनको शुभकामना , मेरो बिदेशमा भएको आफन्त बाट भिडियो सहित रोधीमा आयो भन्दा - म छक्क परे , एकदम सर्प्राइज !! कसरी ?? हर्ष को सिमा नै भएन , आतुर थिए को कस्को भिडियो आएको छ भनेर हेर्न । दिउँसो शुटिङको क्रममा डाडामा गएपछि अलि अलि नेट चल्यो भनेपछि भिजन गुरुङको बाट हेरे तर प्ले भएन । खुशी भए खुशीले मेरो आँसु रोकिएन । फेरि पनि धन्यवाद - प्यारो बैनी सन्तोसी । यस्तो सर्प्राइज अनि अबिस्मरणिय काम गरिदिनु भएकोमा ।। त्यति नै थोरै भएपनी रजनी गुरुङ को फेसबुक लाइभ मार्फत पनि जोडिन पाए ।

दिनसकिएपछी नि मनाउदै - जन्मदिन

राती फर्किएपछि आनन्द सङ सुतिरहेको म , १८ मङ्सिर एकाबिहानै फोन गरेर - दाइ दिउँसो मगर हाउस , सामाखुसी आउनु है स्पेसल छ भन्नुभयो - उहीँ बैनी सन्तोसीले । जिस्किएको होला भन्ठानेको नभन्दै मगर हाउसमा जमघट भैसकेको रहेछ - त्यो नि केक काटेर जन्मदिन मनाइयो अनि फेरि भोलिपल्ट १९ मङ्सिर बिहान , मनाङ मर्स्याङ्दी फुटसलमा केक काटेर अझ रोधी लाइभ गरेर जन्मदिन मनाइयो । मलाई अर्ड अर्ड लाग्न थाल्यो होइन मेरो जन्मदिन उत्सब जस्तै भयो , यस्तो किन हुदैछ ?? गुरुङ फिल्म टुकु टिम ले १९ मङ्सिर साझ ५ बजे सम्पदा गार्डेन मा पनि जन्मदिन मनाइदिनु भयो । खुशी को सिमा नै थिएन तर अलि लामो भयो जस्तो लागिरहेको थियो । साथीहरू भन्ने गर्थो - मङ्सिर महिना भरी जन्मदिन मनाउने हो । यो तपाईंको जन्मदिन होइन पुनर्जन्म हो ।

जन्मदिन कि पुनर्जन्म ??

शायद दुबै हो - यो बर्ष । मेरो आदर्श मेरो प्रिय फूपू उमा गुरुङ ( जर्मन ) ले भन्नुभएको छ - प्रितम तिम्रो यो पुनर्जन्म हो । हुन पनि हो , म त्यो रोगको सिकार हुदा बाचुला, बाच्नुपर्छ जस्तो लाग्नेथिएन । यदि त्यसैभएको भए …. । १५ गते मेरो नाममा रङिएको फेसबुकमा केहि हुनेथिएन , पहिला नै प्रितम राम्रो मान्छे , जाबो एउटाको लागि गयो , गर्नुहुनेथिएन भन्दै हार्दिक श्रद्धाञ्जली , श्रदा सुमन भनेर सकिसकथ्यो । अहिले म छु र जन्मदिनको सबै बाट शुभकामना पाएको छु ।

प्रिय फुपु उमा गुरुङ को तर्फ बाट जन्मदिनको शुभकामना सन्देस

अबिस्मरणिय जन्मदिनको शुभकामना सन्देस

मलाई जन्मदिनको शुभकामना दिनुहुने सबैमा हार्दिक आभार , विशेष धन्यवाद । तपाईंहरु को माया साथ हौसला पाएको छु र त म बाचेको छु । सधै अपेक्षा गर्दछु - धन्यवाद । यसपटक को केहि स्टाटस ले मलाई मजाले छोयो - जस्मा डियर महेश , डियर सोल्टी गणेश र डियर भाइ प्रभु ( सोल्टिराजा ) पर्छ भने मेरो फुपु उमा गुरुङ ( जर्मन ) र डियर भान्जी अनिता गुरुङ ( यु के ) को भिडियो ले आँसु निकाल्ने पारिदियो । फूपू सङ रोएपनी मजाले - फोनमा भएपनी । १५ गते साझ त्यो दिनको अन्तिम फोन कल थियो , जसलाई म धिलबिल गरेर निभ्न लाएको दियोमा तेल थपिदिने भगवान मान्छु । वहाको शुभकामनाका प्रत्येक शब्द थोरै तर मनमा रहिरहने थियो ।

यो बर्षको अबिस्मरणिय जन्मदिनले अझै मैले धेरै गर्न बाकी छ भन्ने बोध गराइदिएको छ। तपाईंहरुको साथ छ र म आज तपाईहरु समक्ष छु - कालले नलगे सम्म रहिरहनेछु । कायरता को निशानी चाहिँ कदापी गर्दिन । फेरि पनि मेरो यो जन्मदिन लाई बिशेष बनाइदिनुहुने सम्पुर्ण प्रती नमन , कृतज्ञता व्यक्त गर्दछु । धन्यवाद

प्रितम गुरुङ ब्लग ( जन्मदिन बिशेष )

जन्मदिन उत्सवका केहि क्षणहरू

Birthday Moments

Birthday Moments