धेरै पछि खुशीमा फर्किएको - आमा


धेरै पछि खुशीमा फर्किएको - आमा

“तपाईं एकचोटि बाउ बन्नोस न अनि थाहा हुन्छ सन्तान के हो ? आफ्नो बालबच्चा को माया कति हुन्छ भनेर”, मलाई बारम्बार भनिराख्ने यो भनाइ अभिन्न मित्र माओत्से गुरुङ को हो । ४० काट्दा नि यो शब्द प्रहार गर्न रोक्न सकेको छैन - मैले । समय , भाग्य ,आफ्नै गल्ती ,खोइ के हो कुन्नि ?? तर अनुभवी नभएनी बाबाआमाको सन्तान प्रतिको आगाध माया बुझेको छु । मेरो हकमा - बाबा जहिले आदरणीय हुनुहुन्छ त्यै भएर दायरा छ । डराउछु - वह सङ । आमा कै बाटो म गएको , आकार नि एउटै अनि सानो कुरामा ठूलो मन दुखाउने बानी नि एउटै ।

कतिसम्म गर्नु ?? तर गरिरहनु भयो

“मलाई प्रितम गुरुङ को बाउ भनेर चिनिन पाउँदा गर्व छ - गर्व लाग्छ” - बाबाको भनाइ । तर आमा मेरो जिवनयापन दिनचर्या सङ मजाले जोडिनुभयो । किनकी मेरो जिवनसाथि बाबा सङ भन्दा आमा सङ बढी सरोकार राख्छ। डेढ दशक अगाडि जिवनसाथि ल्याए । तैले त जस्तै कन्या पाउथेन ? ठूलो प्रस्नमा ठूलो असन्तुष्टि , गुनासो राख्नुभयो तर पछी मेरो खुसीमा आफुलाइ समर्पित गर्नुभयो । ५ बर्ष अगाडि पनि , आता आता चु म्रुस्यो आता , छैली पा थुबा , शिर स्वभाव आताबा भनेर भन्नू भएको थियो तर पछी मेरो खुशीको लागि , हुन्छ ले भन्नुभयो तर …. । मेरो आमाले मेरो खुसीमा, आफ्नो खुशी बिर्सनु भयो । गलत थिए त म , अहिले पछुतो लागिरहेको छ ।

गल्ति मेरो - दुःख जन्मदिने आमालाइ

जब म बिरामी भए , सम्झदा नि कुरिकुरी लाग्छ - बिरामी पनि वियोगान्त प्रेमरोग ! कुरिकुरी लागेनी सत्य हो लुक्दैन के गर्नु ?? म बिरामी छु तर म भन्दा सयौं गुना आमा बिरामी हुनुहुन्थ्यो । मलाई निन्द्रा लाग्थेन आमा कुरिरहनु हुन्थ्यो । कुराकानी केही हुन्थ्येन , सम्झाउनु हुन्थ्यो, माया पोख्नु हुन्थ्यो । यतिसम्म कि मेरो रोगको समाधान मा बाबाआमाले के गर्नुभएन ?? सबै गर्नुभयो - मानौ देशमा कोरोना लकडाउन नै थिएन । त्यसै भनेको होइन रहेछ - बाबाआमा भनेको भगवान हो भनेर । धिकार्छु मैले मलाई त्यै भएर अहिले बुझेको छु - बाबाआमा मेरो सबथोक , वहाहरुको खुशी नै मेरो खुशी ।

आमामा खुशी - हासो

गत मङ्सिर २२-२४ , म मेरो टिम रोधी सङ आमा लिएर आफ्नो गाउँ चन्दनी नास गए । काम थियो - पाते तमुस्यो को खोजी अनि मेरो लुकेको उदेश्य थियो आमाको खुशी हासो को खोजी । आमा प्राय छोरा सङ भन्दा छोरी सङ नजिकिनु हुन्छ । अझै याद छ मलाई , छोरी को रहरले आशा ( माइला बाबाको छोरी , अहिले अमेरिका छ ) लाई सानैमा हङकङ लगेको रे , पछी भाइ जीवन उतै हङकङमा जन्मियो । छोरी मोह हो -आमाको । चन्दनी यात्रामा पनि म सङ भन्दा रिया सन्तोसी इना सङ नजिक थियो । म मेरो आमाको हराएको हासो खोज्दै थिए , कता लुकिरहेको छ भनेर ।

पहिलो दिन , मेरो जन्मदिने आमा सङ रहेर बर्थडे केक काटेर सेलिब्रेसन गरियो । त्यस दिन हासो त भर्पुर थियो तर खुशी थिएन । दोस्रो दिन पन्चवली को दिन , गाउँमा इस्ट्मित्रहरु सङ घुमलिनु भयो - आमा । साझपख अचानक रिया सङ हासेको देखे । वहाहरु गुरुङ भासामा कुरा गर्दै हास्दै हुनुहुन्थ्यो । आमाको खुशीलाई अगाल्दै म नाच्न नजान्ने नि नाछे , अरु आइतराम , भान्जा आनन , भिजन , सन्तोसी , इना रिया नाच्यौ आमा लगायत बाच्योहरु ले फुल नि लगाइदिनु भयो । मेरो आमालाई म बिरामी पछी देखेको हसियो मुहार यो नै पहिलो पल्ट थियो । आमा यति खुशी हुनुहुन्थ्यो कि लाग्थ्यो कुनै महिला प्रसब पीडा बाट सन्तान प्राप्त भयो । बेलुका खानाको समयमा पनि डोर्‍याएर लाने , आमा सङ बसिदिने , तमु क्वे ता लब - शायद आमाको छोरी को चाहना यस्तै भएर भएको हो कि ???

फर्किए पछी को मेरो निर्णय

१ महिना अगाडि बाट मेरो फेसबुक को प्रोफाइल फोटो खाली थियो । चन्दनी नासाको यात्रा पछी मैले पाएको ज्ञान - बाबाआमा नै मेरो सबथोक हो । हिजो मेरो खुसीमा दौडिए अब वहाहरुको खुशीमा हिड्छु । अत बाबाआमा सङ जोडिएको फोटोले भरिदिए । धेरै राम्रो प्रतिक्रिया पाए तर एउटा उत्कृष्ट थियो । मेरो प्यारो बैनी सन्तोसी ले बुझ्यो अनि लेख्यो - अब गुरुङ भासा सस्कार सस्कृती बुझेको बुहारी को आवश्यकता छ - बाबाआमालाई ।

Happiness restored for aama 1

Happiness restored for aama 2