पहच्यु गुरुङ कलाकारको ल्होसार भब्य सम्पन्न


पहच्यु गुरुङ कलाकारको ल्होसार भब्य सम्पन्न

काठमाडौ । कोरोना को कारण सामाजिक दुरि कायम गर्दै कार्यक्रम भैरहेको अवस्थामा काठमाडौमा रहेको पहच्यु गुरुङ कलाकारहरु ले ल्होसार कार्यक्रम २०७७ , गत पुस २४ गते तमु ह्युल छोज धि भबन मित्रनगर काठमाडौमा भब्री रूपमा सम्पन्न गरेको छ । एक आपसमा चिनजान , भेटघाट को उदेश्य राखेर काठमाडौमा पहच्यु गुरुङ कलाकारले पहिलो पटक आयोजना गरेको हो ।

जेष्ठ नागरिक धन बहादुर पहच्यु गुरुङ ( भानु - ७ चन्दनी , तनहुँ ) ज्यु को प्रमुख आतिथ्य मा दिलिप सिङ गुरुङ ( समाजसेवी /पुर्ब सह कोसाद्छ्य , तमु ह्युला छोज धि ) रेशम गुरुङ ( अध्यक्ष , तमु ह्युल छोज धि रास्टृय परिषद केन्द्रिय समिति ) आर बि गुरुङ ( उपाध्यक्ष , तमु ह्युल छोज धि रास्टृय परिषद केन्द्रिय समिती ) श्रीमति दिलु गुरुङ ( तृतीय उपाध्यक्ष , तमु पहच्यु परिवार केन्द्रिय समिती ) हिमाल गुरुङ ( अध्यक्ष , तमु पहच्यु युवा समिती केन्द्रिय समिति ) अदि बिशेष अतिथि , अतिथि भएको कार्यक्रम , प्रमुख अतिथि बाट पानसमा दिप प्रज्वलन गरेर , तमु ह्युल्सा क्वे बाट शुरूवात गरिएको थियो ।

पहिलो पटक आयोजना गरिएकोले होला , आफ्नो भाइखलक , चेलीबेटी मात्र समेटिएको कार्यक्रममा पोखरा बाट केन्द्रिय र युवा समिति गरेर २३ जना आउनुभएको थियो भने बाकी सबै काठमाडौबासी नै हुनुहुन्थ्यो ।

धन बहादुर गुरुङ को बासुरी बादन को शुभार्म्भ गरिएको सास्कृतिक कार्यक्रममा कौडा किङ दुर्गा गुरुङ , सालैजो किङ राजु गुरुङ , चर्चित गायिका शर्मिला गुरुङ , दुर्गा गुरुङ , सागर गुरुङ , चिज गुरुङ , भिमु गुरुङ , केश गुरुङ , बिद्या गुरुङ ले रमाइलो गित प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी युवा समिति र काठमाडौमा भएको भाइबहिनिहरु ले निर्त्य प्रस्तुत गरिएको थियो । नितान्त घरको कार्यक्रम भनिएको ल्होसार कार्यक्रममा आयोजक सबैजना ले गुरुङ पोशाक लगाउनु भएको थियो । रमाइलो सङ्सङै साझ खानपिन गरेर सकिएको कार्यक्रम को संचालन पहिलो गुरुङ नायक प्रितम गुरुङ ले गर्नुभएको थियो ।

कार्यक्रमको केहि क्षणहरू