नायक आनन्द गुरुङलाई आराम छैन


नायक आनन्द गुरुङलाई आराम छैन

यतिखेर म्युजिक भिडियो त्यसमा पनि कल्चरल पाटोमा नायक तथा मोडल आनन्द गुरुङ लाई भ्याइ नभ्याइ भएको छ । ब्यस्तता बढेको छ , बेफुर्सदिलो बनेको छ । पहिला पहिलाको जस्तो आनन्द छैन । शुटिङ सेड्युल मिलाउदा निन्द्रा भोक तिर्खा भन्न पाएको छैन ।

मनमैजु काठमाडौं निवासी आनन्द गुरुङ , शुटिङ को क्रममा कहिले सिन्धुपाल्चोक , कहिले गोर्खा , कहिले पोखरा , कहिले लमजुङ त कहिले डे र नाइट सिफ्ट गर्दै काठमाडौ को स्टुडियोमा ब्यस्त भएको पाइन्छ ।

लकडाउन पछी म्युजिक भिडियो को युट्युब ब्यापारमा सबै लागेपछि नेपाली सस्कृती झल्कने कौडा , सालैजो , गुरुङ गित मा मोडल आनन्द को भ्याइ नभ्याइ भएको हो ।

आमा चिनमाया गुरुङ र बाबा लिलराज गुरुङ को कान्छा छोरा आनन्द को पुर्ख्यौली घर , बिरुवा - ७ गहते गाउँ स्याङ्जा हो ।

करिब १०० जति गित मा मोडल बनिसक्नु भएको आनन्द लाई चिनाउने भिडियो भने कति राम्रो कमल फुल , परदेशी को माया , लाहुरै बाट , टुङाथली सिन्धुपाल्चोक , देउराली र प्रेनो , हे ठुली आदि गित हो । त्यसो त आनन्द गुरुङ ले थुप्रै आधुनिक , पप गित मा नि मोडल गरिसक्नु भएको छ तर परिचित भने मौलिक गित कौडा , सालैजो ले गराएको हो ।

मोडल सङै काठमाडौ मनमैजु निवासी आनन्द गुरुङ , गुरुङ फिल्म को नायक हो । वहाले युम्पु देउराली , ङोलो ङोल्स्यो र खै ओ म्हिथेबा गुरुङ फिल्म मा अभिनय गरिसक्नु भएको छ ।

प्रितम गुरुङ को फिल्म ङोलो ङोल्स्योमा सोलो नायक को रुपमा अभिनय गरिसक्नु भएको आनन्द गुरुङ , अब फेरि गुरुङ फिल्म को नायक बन्ने तरखरमा हुनुहुन्छ ।

ब्यस्तताको केहि क्षणहरू

Collage 1

Collage 2

Collage 3

आनन्द गुरुङ ले अभिनय गरेको गितहरु

क्रेडिट: मंजु गुरुङ युट्युब चेनल
क्रेडिट: स्ट्रिम नेपाल युट्युब चेनल
क्रेडिट: गणेश गुरुङ युट्युब चेनल
क्रेडिट: प्रकाश गुरुङ युट्युब चेनल