सबैभन्दा ठुलो मेरो सन्तोष छ मसङ - सन्तोषी गुरुङ


सबैभन्दा ठुलो मेरो सन्तोष छ मसङ - सन्तोषी गुरुङ

सम्भबत नेपालमा फुटबल को फ्यान त्यसमा पनि महिला , अग्रपंक्तिमा पर्थ्योहोला - सन्तोषी गुरुङ । कलेज लाइफमा कलेज बङ्क गर्दै रगशाला मा फुटबल हेर्न जाने त्यसमा पनि अनिल गुरुङ र मनाङ मर्स्याङ्दी क्लब को फुटबल भनेपछि कुनै गेम छुटाएन होला । अनिल गुरुङ को डाइहर्ट फ्यान सन्तोषी गुरुङ ले अनिल को बारेमा छापिएको प्रत्येक न्युज लेख अझै पनि सुरक्षित छ । नेपालमा बिस्तारै लिग हुन छाड्यो अनि रंगशाला को दुरि बढ्यो अनि सन्तोषीको यात्रा बचपन बाट शोखमा रहेको निर्त्य , पेशा मा परिणत भयो । एउटा सामान्य सरकारी स्कुल बाट शुरु गरेको निर्त्य गुरुआमाको यात्रा बिस्तारै ज्ञानोदय बोर्डिङ स्कुल सम्म पुग्यो । ५ वटा स्कुल मा एकैचोटि निर्त्य शिक्षक बनेपछि फुटबल मा कम भिज्न पुग्यो - सन्तोषी । तापनि आफ्नो इच्छालाई मर्न नदिइ स्कुल बिदा मिलाउदै , पोखरा धरान सम्म मनाङ मर्स्याङ्दी क्लब को गेम हेर्न पुग्थिन । त्यही भएर होला , उनी मनाङ मर्स्याङ्दी फ्यान क्लब को उपाध्यक्ष पनि हो ।

स्कुलमा बिद्यार्थीलाई निर्त्य सिकाउनु को अलावा सन्तोषीले थुप्रै स्टेज कार्यक्रममा निर्त्यकला प्रस्तुत गरिसकेको थियो । गुरुङ कलाकार सघ मा जोडिएपछी , कल्चरल गितमा निर्त्य गरिन । शुटिङमा राजु गुरुङ ( निर्त्य निर्देसक ) को सहायक भएर थुप्रै म्युजिक भिडियोहरु पनि गर्नुभयो ।

आजभन्दा २ बर्ष अगाडि , गुरुङ चलचित्रकर्मी प्रितम गुरुङ को गुरुङ फिल्म मनकाशी मा निर्त्य निर्देशन को अफर आउदा , बोल्न सकेन मनमा सक्दिन कि भन्ने त्रास ले । किनकि सन्तोषीमा गुरुङमा भासाको ज्ञान कमि थियो अनि पहिलो पल्ट फिल्ममा त्यै पनि ३,३ टा गित । नाच सिकाउनु र कोरियोग्राफी गर्नु फरक थियो । तैपनि आट्यो काम गर्यो नजानेको कुरा सिक्दै । मेहनतको फल , मनकाशी को ङै ङोल्स्योरानी हिट भयो । कामको प्रशंसा भयो , सन्तोषीले बधाई को बधाई पायो । आफुले आफुलाइ लक्की ठान्छ्न - सन्तोषी । त्यसपछि सन्तोषीले पछाडि फर्केर हेर्नू परेको छैन । त्यसपछि आत्म बिश्वास बढ्यो अनि थुप्रै म्युजिक भिडियो सङै गुरुङ फिल्म टुकु र नुमा मा कोरियोग्राफी गर्नुभयो । आफ्नो काम प्रती सन्तोष हुँदै सन्तोषी भन्छ - म सङ मेरो कामको सन्तोष छ । म सन्तुष्टि छु ।

कोरियोग्राफर सङै सन्तोषीको अर्को परिचय नि थपिएको छ - कलाकार । अभिनय सिकेको पनि होइन , रहर पनि होइन तर प्रितम दाइ ले गर्दा कलाकार नि बनियो भनेर आफै भन्छ - सन्तोषी । हुन पनि हो , सन्तोषीले मनकाशी , धने ( लघु चलचित्र ) र नुमा चलचित्रमा अभिनय गर्नुभएको छ । धने को प्रदर्सन पश्चात् सन्तोषीको अभिनयको पनि प्रशंसा भएको छ ।

हिजोको फुटबल फ्यान आजको कलाकार , कोरियोग्राफर सन्तोषी गुरुङ को शृजनशिल यात्रा अझै बढिरहोस - शुभकामना ।

फोटोशुट को केहि क्षणहरू

Satoshi Photoshoot

Satoshi Photoshoot

फोटोशुट को भिडियो