३० बर्षपछी फर्कियो उमा गुरुङ - तारा श्रीस र चन्चले बानी


३० बर्षपछी फर्कियो उमा गुरुङ - तारा श्रीस र चन्चले बानी

१५ मङ्सिर काठमाडौ । बि स २०४८ सालमा रेकर्ड गरिएको गित हो - हो हो माया चन्चले रहेछ तिम्रो त्यो बानी । तात्कालिक समयमा जनमानस मा गुन्जिएको गित हो । उमा गुरुङ ( तनहुँ ) को शब्द तथा लयमा गायक प्रेमराजा महत र स्वयं उमा गुरुङ आफैले रेडियो नेपाल मा रेकर्ड गराउनु भएको थियो । गित को लोकप्रियता सङै निर्देसक किशोर राना ले , सर्जक उमा गुरुङ को सहमतिमा बि स २०५१ सालमा निर्मित नेपाली फिल्म सिमारेखा मा समाबेश गरिएको थियो ।

अहिले बि स २०७८ सालमा आएर गित लाई पुनः रेकर्डिङ गरिएको छ । जसमा पुरानो शब्द / लयलाई हु- बहु उतारेको छ । उमा गुरुङ ( जो हाल जर्मन बस्नुहुन्छ ) कै लय शब्दमा दुर्गा गुरुङ र तारा श्रीस मगर को स्वर रहेकोे छ । गित को म्युजिक कम्पोज दुर्गा गुरुङ ले गर्नुभएको छ भने मान बहादुर बराल मगरले रेकर्डिङ / मास्टरिङ गर्नु भएको छ । गित , तारा श्रीस मगर , भ्वाइस अफ नेपाल मा जानू अगाडि रेकर्ड गरिएको हो ।

भिडियो , गोर्खाको गाखु गाउँमा छायांकन गरिएको छ भने सिमा गुरुङ र इना गुरुङ , मोडल हुनुहुन्छ । सन्तोषी गुरुङ को कोरियोग्राफी मा , खेम थापा मगर - छायांकन , मेक थापा मगर - सम्पादन , पोस्ट प्रोडक्सन - रोधी डिजिटल , निर्माता / निर्देशन - प्रितम गुरुङ ले गर्नुभएको छ ।

निर्माता / निर्देशक प्रितम गुरुङ , ३० बर्ष पछि पुनः गित रेकर्ड र भिडियो निर्माण गर्नु को एउटै कारण - सर्जक लाई जिबित राखिराख्न र नयाँ प्रबिधि अनुसार समायोजन हुन भनेर स्पष्ट पार्नुहुन्छ ।

गित को भिडियो