रमाइलो सास्कृती कार्यक्रम सहित तेस्रो सोल्टी ११ फुटसल टुर्नामेन्ट समापन


रमाइलो सास्कृती कार्यक्रम सहित तेस्रो सोल्टी ११ फुटसल टुर्नामेन्ट समापन

काठमाडौमा रहेर स्वास्थलाई ध्यान दिदै नियमित फुटसल खेल्ने टिम को समूह सोल्टी , सोल्टि भन्दाभन्दै सोल्टी ११ नामकरण गरेर बिधिबत रूपमा दर्ता गरिएको क्लब हो - सोल्टी ११ फुटसल क्लब । क्लब ले बिगत ४ बर्ष बाट नियमित रूपमा , तमु ल्होसार को अवसर पारेर पुस ९ - ११ मा फुटसल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । गत बर्ष प्राबिधिक कारण ले प्रतियोगिता नभएतापनी यश बर्ष तेस्रो सोल्टी ११ फुटसल टुर्नामेन्ट , गत पुस १० र ११ गते, मनाङ मर्स्याङ्दी फुटसल क्लब मा सम्पन्न गरेको छ ।

प्रतियोगितामा २८ टिम को सहभागिता रहेकोे थियो । २ दिन सम्म संचालित प्रतियोगितामा बिच बिचमा मनोरञ्जन को लागि निर्त्य प्रस्तुत गरिएको थियो । सन्तोसि गुरुङ को कोरियोग्राफी, दुर्गा गुरुङ र मन्जु गुरुङ को स्वरमा कौडा गितमा ६ जना नानीहरूले निर्त्य गर्नुभएको थियो ।

Kauda Dance

प्रतियोगिताको उपाधी ढुकु फुटसल टिमले उचाल्यो । बिजेता टिमले प्रथम पुरस्कर , नगद रु ६६,६६६/- प्रमाणपत्र , मेडल र उपबिजेता टिम युनाइटेड ब्रदर्स ले रु ३३,३३३/- प्रमाणपत्र , मेडल प्राप्त गर्न सफल भयो । टुर्नामेन्ट को उत्कृष्ट खेलाडी मन्जिल श्रेष्ठ ( ब्रदर्स युनाइटेड ) उत्कृष्ट गोलकिपर अनिश श्रेष्ठ ( ढुकु ) र उच्च गोलकर्ता अजय राना ( ढुकु ) रहेको थियो । उत्कृष्ट ले नगद रु १,१११/- नगद , प्रमाणपत्र ,मेडल प्राप्त गर्नुभएको थियो ।

Winner

बिजेता टिम ढुकु

Runnerup

उपबिजेता टिम युनाइटेड ब्रदर्स

सोल्टी ११ क्लब को अध्यक्ष दुर्गा गुरुङ को सभापतित्व मा संचालित कार्यक्रमको प्रमुख अतिथी का न प - २६ का वडाध्यछ खेमराज तिवारी हुनुहुन्थ्यो भने राजु गुरुङ ( अध्यक्ष तमु कलाकार सघ ), महेश गुरुङ ( सल्लाहकार , तमु कलाकार सघ ), हितमान गुरुङ ( सल्लहकार तमु कलाकार सघ ) हुनुहुन्थ्यो।

प्रितम गुरुङ ले संचालन गर्नुभएको औपचारिक कार्यक्रममा , सभापती दुर्गा गुरुङ ले उपस्थित सबैलाई धन्यवाद दिनुभयो । सोल्टी ११ को लोगो बनिसकेको टुर्नामेन्ट आगामी पुस ९-१२ हुने जानकारी दिदै यो मितिमा अरु कसैलाई पनि नजुध्याउनु अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभयो ।

प्रतियोगिताको केहि क्षणहरू

Collage 2

Collage 1