टिकटक प्रतियोगिता ले चिनायो - इना गुरुङ लाइ


अहिले बिशेष गरेर गुरुङ समुदाय माझ, ओ माइला गित चर्चामा रहेको छ । गित सङै इना गुरुङ को पनि चर्चा चुलिदै गएको छ । गत महिना रोधी डिजिटल फेसबुक पेज ले आयोजना गरेको ओ माइला गित को टिकटक प्रतियोगितामा ३५ जना प्रतिस्पर्धीलाई पछी पार्दै - इना गुरुङ प्रथम हुनुभएको थियो ।

प्रथम भए बापत वहाले रु ५,०००/- पुरस्कार प्राप्त गर्नुभयो । पुरस्कार रकम, अहिले को जमानामा थोरै हो तर मोबाइल बाट खिचेर बनाइएको ३० सेकेन्ड को भिडियो, लाइक भ्युज को आधारमा एक हप्ता मा रु ५०००/- प्राप्त गर्नु ठुलो पनि हो । सबैभन्दा ठूलो, एउटा टिकटक प्रतियोगिता को प्रथम हुनाले इना गुरुङ को परिचय फेरिएको छ ।

इना गुरुङ को परिचय

इना गुरुङ, बास्तबमा रामबाच्छा स्याङ्जाको स्थानीय हुनुहुन्छ भने अध्ययन को क्रममा काठमाडौ बस्नुहुन्छ । तमु विद्यार्थी छोज धि काठमाडौ जिल्ला समिति को सदस्य इनाले काठमाडौ मा थुप्रै कार्यक्रममा स्टेजमा निर्त्य प्रस्तुति दिइसक्नु भएको छ । बास्तबमा इना गुरुङ मेक अप आर्टिस्ट हुनुहुन्छ ।

रोधी डिजिटल बाट नव प्रतिभा लाई अवसर

रोधी डिजिटल को अबको नीति भनेको नव प्रतिभा लाई प्रस्फुटन गर्ने गराउन प्लेट फर्म दिने हो । सोही क्रममा ओ माइला गित को अफिसियल म्युजिक भिडियो मा इना गुरुङ ले अभिनय गर्ने अवसर प्राप्त गर्नुभयो । प्राप्त अवसर लाई इना गुरुङ ले भरपुर सदुपयोग गरेको छ । अभिनय मा न्याय गरेको छ । कहि कतै नंया हो, पहिलो हो भन्ने देखिदैन । त्यसो त पुरानो गुरुङ चलचित्र निर्देसक प्रितम गुरुङ ले नयाहरु बाट पनि काम गराउन सिपालु छ । गुरुङ चलचित्र मा पनि वहाले थुप्रै राम्रो राम्रो कलाकार जन्माएको छ ।

इना गुरुङ लाई अफर

प्रितम गुरुङ सङ काम गरेपछि इना गुरुङ लाई स्टृम नेपाल बाट भोज बहादुर गुरुङ को म्युजिक भिडियो मा अफर आइसकेको छ ।

इना गुरुङ को ब्यस्तता झनै बढेको छ । अहिले भुपेन गुरुङ को निर्देशनमा लमजुङको गाउँ को म्युजिक भिडियो मा पनि यहि कार्तिक १९ गते शुटिङ जाने भएको छ ।

पहिलो पटक नै गुरुङ फिल्मको नायक आनन्द गुरुङ सङ सहकार्य गर्न अवसर मिलेको इना गुरुङ को सफलता अनि उज्ज्वल भबिस्यको कामना गर्दछ ।