नेपाली भाषाको गुरुङ चलचित्र स्याङ्जालि ठिटो - १० लाखमा भिवर


Header image

प्रितम गुरुङ द्वारा लेखन निर्देशन गरिएको चलचित्र स्याङ्जालि ठिटो आज बाट 1M ( १० लाख ) भिवर पुगेको छ । रोधी डिजिटल युट्युब च्यानल मार्फत गत १ माघ २०७६ मा अपलोड गरिएको स्याङ्जालि ठिटो फिल्म १० महिनामा नै 1M पुगेको हो । त्यसो त प्रितम गुरुङ को लेखन निर्देशन भएको स्याङ्जालि ठिटो फिल्म तेस्रो हो । यो भन्दा अगाडि बारपाकी माया र पाते -२ पनि अगाडि नै 1M भ्युवर पुगिसकेको छ । यश अर्थमा प्रितम गुरुङ ले ह्याटृक गर्नुभएको छ ।

स्याङ्जालि ठिटो कथासार

Syangjali Thito One

ठागु ( बृटिस लाहुरे ) नेपाल आउँछ तर भारी बिसाउन ससुराली जान्छ । ससुरालीमा भलिबल प्रतियोगिता मा खसी प्रायोजन गर्छ । ससुरालीमा भारी बिसाएपछी मात्र आफ्नो घर मा आउँछ । जहाँ बेरोजगार कान्छा भाइ र आमा हुन्छ । बिहा गर्ने बेला भएको कान्छा लाई भाउजू आफ्नो बैनी सङ र आमा आफ्नै दाइको छोरी सङ बिबाह गरिदिन खोज्छ तर कान्छा को आफ्नो प्रेमिका हुन्छ ( गरिब ) । जब कान्छा ले अन्तै पुङ खाइसकेको आफ्नो प्रेमिका भगाएर घर ल्याउछ त्यसपछि पारिबारिक कलह शुरु हुन्छ । भाउजू को इशारामा नाच्ने दाइ लाचर हुन्छ । कान्छी बुहारी ले आमाको मन जित्छ तर जाइकटी ठुली बुहारी को कारण घर छुटिने स्थितिमा पुग्छ । आमाले दाजुभाइ छुट्टिएको हेर्न नसकेर पिडाले मिर्त्यु हुन्छ । अर्घु गरिन्छ - अर्घुमा नि माइती पछ बाट ठुली र कान्छी बुहारी मा धनी गरिब को खाडल देखिन्छ । अर्घु सकिएसी अर्घुको खर्च ठूलो भाउजू ले दाजुभाइलाई २ भाग लगाउछ । आफ्नो भाग रकम तिर्न नसकेपछि कान्छाकान्छी घर छाडेर जान्छ। त्यो बेलामा बल्ल ठागु ले भाइ बुहारी प्रती माया देखाउछ आफ्नो बुढिलाइ पिट्छ । ठूलो बुहारी ले गल्ती स्विकार्दै माफी माग्छ र दाजुभाइ देउरानी जेठानी मिल्छ । परिवार मिले घर मिल्छ घर मिले समाज मिल्छ भन्ने सन्देश दिदै फिल्म समाप्त हुन्छ ।

कलाकारहरु

भूमिका कलाकार
ठागु खेम पहच्यु गुरुङ
ठूलो बुहारी प्रेमा गुरुङ
कान्छा प्रितम गुरुङ
कान्छी बुहारी अनुता गुरुङ
सार्की कान्छी बुहारी को दाइ
आमा सीता गुरुङ
बाबा रेशम गुरुङ
काका बिरबल घले
कान्छा को साथी कुमार आइतराम
सार्की को सोल्टी जनक गुरुङ
सोल्टिको भाइ जुका मनाङ गुरुङ

प्राबिधिक

भूमिका कलाकारहरु
निर्माता मिलन गुरुङ, तिलक गुरुङ, इस्वर गुरुङ, हाइ माया गुरुङ
लेखन / निर्देशन प्रितम गुरुङ
गित / संगीत गणेश गुरुङ
गायन गणेश गुरुङ, मनोज गुरुङ, नरजङ गुरुङ, तारा श्रीस मगर, दुर्गा परियार, कल्पना गुरुङ
कोरियोग्राफर गोबिन्द प्रभात, मनाङ गुरुङ
सिनेमाटोग्राफर खेम थापा मगर
मेकअप मोहन लामा
द्वन्द जनक गुरुङ
सम्पादन मेक थापा मगर
पार्स्व संगीत बिक्रम कार्की

चलचित्रको शूटिंगबाट केहि क्षणहरू

चलचित्र हेर्नुहोस्

यदि तपाईंलाई मनपर्दछ भने समाचार साझा गर्नुहोस्।