निर्देशक प्रितम नायिका रियाको गाउँमा - हिलेखर्क


निर्देशक प्रितम नायिका रियाको गाउँमा - हिलेखर्क

साढे दुई दशक पुगिसकेछ मेरो गुरुङ समुदाय सङ गुरुङ चलचित्र मार्फत जोडिएको सम्बन्ध । थुप्रै कुरा सिके अनि परिवर्तित समय सङै अझै सिकि पनि रहेको छु । लामो समय करिब एक दशक, म आफ्नो इच्छालाई मारिरहेको थिए । आफ्नोपन बाट बिदेशीपन मा घचेटिएको थिए तर जब मलाई मुक्ति मिल्यो अनि त्यस्को आभास पाए । भनिन्छ नि, कुनै पनि चिज को महत्त्व त्यो चिज नहुदा थाहा हुन्छ । म फर्किए अनि फेरि फर्किए - त्यसैको उपज हो - कौडा नाच्न, नचाउन भनी गएको रियाको गाउँ - हिलेखर्क ।

हिलेखर्क जाने योजना

Yojna

Yogjna

काठमाडौमा भएको हाम्रो फुटसल ग्रुप - सोल्टी ११ र पोखरामा भएको केही गुरुङ चलचित्रकर्मी साथीहरू, तनहुँको आबु - ६ हिलेखर्क जाने योजना बन्यो । ६ मङ्सिर को दिन थियो - हामी काठमाडौ र वहाँ पोखरा को भेट बिमलनगर नया पुल मा खानपिन सङै भयो । हामी २ स्करपियो अनि वहाहरु ३ बाइक र साथमा २ बाइकमा अरु भाइहरु सहित को २७ जनाको जम्बो टोलि आबुखैरेनी बाट कच्चीरोड उकालो उकलियौ । १ घन्टामा डाडा मा पुगियो । पाते ( रियाको बैनी ) ले भन्दैथियो, “प्रितम दाइ, हिलेखर्क को विशेषता भनेको चिसो हावा हो।”

डाडामा पुग्दा पातेको भनाइ सत्य साबित भैसकेको थियो । त्यसपछि गाउँ प्रवेश गरियो - स्थानीयबासी ले सेतो टीका लगाएर फुल हातमा थमाइदिएपछी । हामी घुमाउने, ढुङ्गा ले छाएको घरहरु अनि प्राकृतिक दृश्य मा रमाएम । गुरुङपन मा पा, चिया अनि मकै भटमास मा हामीलाई स्वागत भयो । मेरो बानी धेरै सितन खाने तर पेय पदार्थ नखानेमा पर्छु । आड मा बस्नुभएको अभिन्न मित्र माओत्से गुरुङ र डि बि दाइ लाई रक्सी थपेको थपेइ गरेर छिटो नै रिमझिम बनाइदिइ सकेको थिए ।

होमस्टे को सिस्टम अनुसार हामी २७ जना फरक फरक घरमा बस्नुपर्ने अनि जहाँ बस्यो त्यही खानुपर्ने रहेछ । सिस्टम मा चल्यौ ।

खाना खाइसकेपछी गाउँका युवाहरू हिलेखर्क को अर्को विशेषता देखाउन लाग्नुभयो - कौडा । साच्चिकै ८ जना नानीहरू लरक्क्क सर्लक्क परेर मयुर लर्के झै गुरुङ पोशाक मा नाच्दा त हामीले मन थाम्नै सकेनौ । नाच्यौ हामी पनि तर अलि भद्रगोल जस्तो भयो । अब जाडो भगाउने सोमरस अनि नाच त्यति भएपछि के चाहियो र ??? रात छिपिदै गएको थियो तर रमाइलो झन झन बढिरहेको थियो ।

दसकौ बर्ष पछि फुल इन्जोय

बास्तवमा म यसरी राती बसेको त्यो पनि फुल इन्जोय गरेर, दसकौ बर्ष पछि हो ।

मैले यति मजा लिएकी - बयान गर्न शव्द कम हुन्छ होला । मलाई नाच्नु पर्दैन तर हास्नुपर्छ । हास्ने काम थाकुनजेल गरे । बिहान को २ बजिसकेको थियो होला - क्लब लाई दान दछिणा दिएर बिट मार्यौ । केहि घन्टा निदाउन नपाउदै घाम लागिसकेछ । रिया म्याम ( इना बैनिको सम्बोधन ) ले कफि सङै अर्गानिक खाजा ( प्ला कहे ,अन्डा , गुन्द्रुक भट्ट को अचार ) खुवाउनु भयो । सबै आफू बसेको घर घरमा खाजा खाएपछि हिलेखर्क सामुदायिक होमस्टे आमाहरु बाट बिदाइ गर्नुभयो र हामी अनि हाम्रो यात्राको सम्झनालाइ मुटुमा राखेर फर्कियौ । थुप्रै होमस्टे गएको छु - म । हिलेखर्क को आफ्नो विशेषता भन्नू नै गुरुङपन, तनहुँपन कौडा निर्त्य नै रहेछ ।

सुबिधामुखी, शहरमुखी भएर गाउँ रितिदै गएको अवस्थामा सामुहिक गाउने बजाउने र सामुहिक नाच्ने नाच कौडा बिशेषता बोकेको हिलेखर्क मा चुनौती छ । कौडा नाच लाई कसरी जोगाउने ?? युवाहरू लाई कसरी पलायन हुन बाट रोक्ने ?? तर चुनौतीलाई सामाना गर्दै सकारात्मक प्रतिफल ल्याउनुछ - हिलेखर्क ।

यात्रामा सहपाठीहरु

हिलेखर्क यात्रामा सहपाठीहरु सोल्टी ११, अभिन्न मित्र माओत्से, डि बि, सुर्य, राजेन्द्र सर प्रती आभार । रिया, पाते र बैनी इना - सधै मनमा । हिलेखर्क आफ्नो परिचय नगुमाउनोस । - प्रितम ब्लग ( रोधी भ्लग युटुब मा ) ।

यात्रा को केहि झलकहरु

ब्लग बिडीयो