शिरसुबा को काठमाडौ प्रिमियर हुँदै


शिरसुबा को काठमाडौ प्रिमियर हुँदै

भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुक को दोस्रो प्रस्तुति गुरुङ फिल्म शिरसुबा , आगामी फागुन १५ गते शनिबार काठमाडौ मा पहिलो पटक प्रिमियर हुन लागेको हो ।

भ्रे निर्माण गरिसकेको भ्रेज मेश्रो फिल्म प्रोडक्सन को , मुलत घान्द्रुक सेरोफेरो स्थान , स्थानीयता र घान्द्रुके गुरुङ भासा सस्कार सस्कृतिलाइ सरछ्न गर्नुपर्छ भन्ने देखिन्छ । शिरसुबा , बिशुध्द प्रेमकथामा आधारित चलचित्र बनेको छ ।

बिश्वास गुरुङ , सुमन गुरुङ , प्रिती गुरुङ , आइतराम गुरुङ , साइला गुरुङ , मौसम गुरुङ आदि कलाकारहरु अभिनय रहेको शिरसुबाको लेखन , निर्देशन माओत्से गुरुङ ले गर्नुभएको हो भने निर्माता बिमल गुरुङ ( uk ) हुनुहुन्छ ।

केहि समय अगाडि घान्द्रुकमा प्रदर्सन गरिसकेको शिरसुबा , काठमाडौ प्रदर्सन कलाकार आइतराम गुरुङ को सयोजनमा हुन गइरहेको हो । निर्देसक , नायिका र अन्य कलाकारहरु को काठमाडौमा उपस्थित गराएर रेड कार्पेट प्रिमियर गर्न लागिएको , सयोजक आइतराम गुरुङ ले जानकारी गराउनु भएको छ ।

काठमाडौमा , गत बर्ष चैत १ गते जनक गुरुङ को पुर्णिामा फिल्म प्रदर्सन पछी कुनैपनि चलचित्र प्रदर्सन भएको थिएन । फागुन १५ गते समाखुशी स्थित पुरानो विश्व हल ( रानिदेबी पार्टी प्यालेस ) मा दिनको १२ बजे , एक शो मात्र हुन गएको शिरसुबा , प्रिमियर मा सादर निमन्त्रणा । हाम्रो लागि बनेको चलचित्र हामीले नहेरे कस्ले हेर्ने ??

Shirsuba