गुरुङ चलचित्र रजत बर्षमा "पाते" लाई अभिनन्दन गरिने


गुरुङ चलचित्र रजत बर्षमा

गुरुङ कलाकार सघ नेपालले गुरुङ चलचित्र निर्माणको २५ बर्ष पुगेको अवसरमा ,गुरुङ चलचित्र रजत जयन्ती बर्ष २०७७ मनाउने भएको छ । गुरुङ भासा कला सस्कार सस्कृती ,गित / संगीत र कलाकारिता समर्पित गुरुङ कलाकारहरु को साझा सस्था गुरुङ ( तमु ) कलाकार सघ ले ,गत बैशाख गरिने भनिएको यो कार्यक्रम ,कोरोनाको कारण अहिले गर्न लागेको हो ।

गुरुङ चलचित्र को इतिहासमा आजभन्दा २५ बर्ष अगाडि बि स २०५२ सालमा पाते ( माइली ) फिल्म निर्माण भएको थियो । पाते नै आधिकारिक पहिलो गुरुङ चलचित्र भएको , गुरुङ फिल्म एसोसिएसन नेपाल ( जिफान ) ले प्रमाणित गरिसकेको छ । पाते , तत्कालीन रोधी परिवार सस्थामा लागेको ब्यक्तिहरु को सानो - सानो लगानी जोडेर निर्माण गरिएको फिल्म हो । उमा गुरुङ ( अध्यक्ष , रोधी परिवार ) को अगुवाईमा बनेको पाते , चन्द्नी गाउँ तनहु , सित्ले अर्मला कास्की , काठमाडौ मा छायांकन गरिएको थियो भने प्रितम गुरुङ , अनु गुरुङ , सरु गुरुङ , खेम गुरुङ , बिनिता गुरुङ , शेरजङ गुरुङ आदि कलाकारको अभिनय रहेछ । छायांकन - राम नारायण चौधरी , गित / संगीत - कृष्ण गुरुङ ,उमा गुरुङ कोरियोग्राफर - राजु गुरुङ , सम्पादन - रबिन्द्र पान्डे / शुक गुरुङ , पार्स्व संगीत - अमर गुरुङ पोखारेली , निर्देशन - युवाराज मास्की मगर र लेखन प्रितम गुरुङ ले गर्नुभएको थियो ।

Paate in Rajat Barsh

आगामी चैत ७ गते शनिबार , गुरुङ ( तमु ) कलाकार सघ नेपाल ले गुरुङ इतिहासमा सुनौलो अछ्रर लेखाउन सफल सस्ट्राको रुपमा , पहिलो गुरुङ चलचित्र पाते अनि पाते सङ जोडिएको प्रमुख ब्यक्तित्वहरु लाई अभिनन्दन गरिने भएको छ । रेशम गुरुङ ( अध्यक्ष , तमु ह्युल छोज धि गुरुङ रास्टृय परिसद केन्द्रिय समिती ) ज्यु को प्रमुख आतिथ्यमा हुन लागिरहेको रजत जयन्ती बर्ष कार्यक्रममा निम्न ब्यक्तीहरु लाई अभिनन्दन गरिन लागेको ,तमु कलाकार सघ को अध्यक्ष राजु गुरुङ ज्यु ले जानकारी गराउनु भएको छ ।

  • उमा गुरुङ ( निर्माता प्रमुख )
  • महेश गुरुङ ( निर्माता )
  • कृष्ण गुरुङ ( गित / संगीत )
  • राजु गुरुङ ( कोरियोग्राफर )
  • अनु गुरुङ ( नायिका )
  • सरु गुरुङ ( नायिका )
  • खेम गुरुङ ( नायक )
  • शेरजङ गुरुङ ( कलाकार )
  • प्रितम गुरुङ ( नायक / लेखक )

केहि क्षणहरू

Paate in Rajat Barsh

पहिलो गुरुङ फिल्म पाते (माइली )