लमजुङको पर्यटकिय घले गाउँमा - रोधिघर


लमजुङको पर्यटकिय घले गाउँमा - रोधिघर

United Gurung Society of America ( UGSA ) र Rodhi Mida को प्रस्तुति रहेको नेपाली मौलिक गित - आज मलाई रोधीघर भन्ने गित को म्युजिक भिडियो लमजुङको पर्यटकिय गाउँ , घले गाउँमा छायांकन गरिएको छ । अमेरिका निबासी अगुम गुरुङ को शब्द / संगीत मा सुचिता गुरुङ को स्वर मा सजिएको गित को भिडियो निर्माण टिम रोधी ले गरेको हो ।

गुरुङ सस्कार सस्कृती , पोसाक सम्बन्धि बर्णन गरिएको गित मा गुरुङ फिल्म को नायक / नायिका को अभिनय रहेको छ । आनन्द गुरुङ , सिमा गुरुङ , आइतराम गुरुङ , इना गुरुङ , सन्ता गुरुङ आदि कलाकारको अभिनय रहेकोे भिडियो को सिनेमाटोग्राफी - खेम थापा मगर , कोरियोग्राफी - सन्तोषी गुरुङ , सम्पादन - मेक थापा मगर , पोस्ट - रोधी डिजिटल काठमाडौ र निर्देशन - प्रितम गुरुङ ले गर्नुभएको छ ।

अडियो निर्माण - टेक गुरुङ , भिडियो निर्माण - सह बहादुर गुरुङ ले गर्नुभएको रोधिघर गित को म्युजिक भिडियो आगामी १७ अप्रिल मा अमेरिका को UGSA ले बिशेष कार्यक्रम गरि रोधी डिजिटल युट्युब च्यानल मार्फत रिलिज गरिने भएको छ । साथै यश रोधिघर गित को टिकटक र कभर भिडियो पनि आकर्षक पुरस्कार राखेर प्रतियोगिता गरिने पनि जनाइएको छ ।।

शुटिङ को केहि क्षणहरू

Rodhi Ghar Collage 1

Rodhi Ghar Collage 2

Rodhi Ghar Collage 3