रिया र रजनी सङ - म ( प्रितम ब्लग - अनुभव )


रिया र रजनी सङ - म ( प्रितम ब्लग - अनुभव )

म पेसागत रूपमा चलचित्रकर्मी हु । बिधागत रूपमा , लेखन निर्देशन निर्माण र सम्पादन गर्ने गर्दछु । यी सबै बिधाको , काम क्राइटेरिया नि थाहा छ । स्पट अनि ल्याबमा के गर्नुपर्छ ?? के हुन्छ ? पुर्ण ज्ञान छ । निर्देसक - टिम अफ दि क्याप्टेन हो । जस्ले कुनै पनि प्रोजेक्ट को प्रि- प्रोडक्सन देखि पोस्ट प्रोड्क्सन सम्म सबै काम गर्छ । निर्देसक को आफ्नो परिचय हो त्यो प्रोडक्ट - निर्माताको दबाब ले निर्देसक को क्रियसन मरेतापनी ।

कस्तो फरक अनुभव

चलचित्र , म्युजिक भिडियो निर्देशन गरेको थुप्रै अनुभव भएतापनि आर्टिस्ट को हिसाब थोरै अनुभवी म , यत्रो बर्षपछि बल्ल रजनी गुरुङ र रिया गुरुङ सङ म्युजिक भिडियो मा काम गरियो । उनिहरु दुबैजना , गुरुङ चलचित्रको नायिका । दुबै प्रोफेसनल । रजनी गुरुङ त झन नेपाली फिल्म खेलिसकेको । उनिहरु सङ को काम पछि मलाई आफुले आफुलाइ फ्ल्यास ब्याक मा हिनता बोध भयो ।

स्वतन्त्रता - फरकपन को आभास

रिया सङ उतरी गोर्खाको लाप्राक र रजनी सङ सिन्धुपाल्चोक को टुङ्नाथली गाउँमा , म्युजिक भिडियोमा सङै काम गरियो । मेरो बिगत को काम भन्दा फरक थियो । उनिहरु कलाकार , म निर्देसक । मैले चाहेको समयमा , भनेको खोजेको सट लिन पाउथ्यो चाहे राती होस चाहे बिहानै । नाच्न , जिस्किन, हास्न , फोटो , खिच्न रोकथोक थिएन । प्रिय मित्र माओत्से गुरुङ ले भनेजस्तै झोला बोकेर ढिलो हिड्नु पर्थेन । कसैलाई खुशी पार्नु थिएन । स्वतन्त्रता थिए बस आफू खुशी थिए । मेरो खुसीमा मेरो समयमा मेरो इच्छा अनुसार काम गरेको थिए । फरकपन को आभास भएको थियो अनि बल्ल लाग्यो साच्चिकै निर्देसक भनेको यो हो नि - प्रितम !

रिया र रजनीको पहिलो शब्द

“दाइ , तपाईसङ काम गर्न पाउछ भन्ने सोचेकै थिएन । तपाईं सङ काम गर्न पाउनु नै भाग्य हो” - दुबै जनाले बोलेको पहिलो शब्द हो यो । काम गरियो , म प्रती दुबैको आदर थियो अनि बिचरा दाइ भन्ने माया र सहानुभूति थियो । मेरो क्रियसन मा उनिहरु क्रियासिल बनिदियो र त मलाई काम गर्न सजिलो भयो । यो गर्दिन भन्ने शब्द नै उच्चारण भएन , जुन बिगतमा अत्यधिक उच्चारण हुन्थ्यो । फ्रेसमा काम गरियो , काम टिमवर्क हो । काम सकिएपछि , धन्यवाद दाइ फेरि सङै काम गर्नपाम अनि बि हेल्दी स्ट्र्ङ शब्द दिनुभयो । फरक ब्यक्ती ले दिएको अभिव्यक्ति हो तर ठ्याक्कै मिल्थ्यो अनि मलाई लाग्थ्यो - यो हो नि तरिका ।

साथीहरू को म प्रतिको ब्याङग

मेरो पत्रकार मित्र मोटु को शव्द लाई साभार गर्ने हो भने - प्रितम गुरुङ अरुलाइ माथी चढाइदिने भर्याङ हो जुन गुरुङ चलचित्रका नायिकाद्वय ता हरु बाट प्रस्ट हुन्छ । मोटुको भनाइ आफ्नो ठाउँमा छ तर अहिले चाहिँ म श्रृजनशिल हु र मेरो श्रृजना रोकिनुहुन्न भन्ने मान्यतामा अडिग छु । सबैलाई सबै मन पर्दैन तर गर्न छाड्नु हुदैन । त्यसैले पनि ढिला नि भएको छैन रोकिएको नि छैन । रिया र रजनीको भनाइमा - “दाइ तपाईंले कसलाई के गर्यो भन्नुपर्देन अरुले भन्छ” । अहिले रिया र रजनी सङ को सहकार्य ले उर्जा थपिएको छ भोलि का दिनम अरु थुप्रै सङ काम गर्नुछ । बस निरन्तरता दिनुछ - काममा । खोला झै बगिरहनु छ - हिउदो होस या बर्खा । मित्र भोज साब को भनाइ झै - प्रितम गुरुङ , ८० को स्पिड मा हाइवेमा कुदेको गाडी हो । स्टेसनमा नपुगी रोकिदैन - बिचमा चढ्ने झर्ने त आइरहन्छ नि ।

Experience with Riya and Rajani